मिसन समाचारदाता कोहलपुर ११ साउन/थारु गीत घुम्मर घुम्मर कम्मर हिलादेउ कमरिया बोलको अडियो गीत सार्वजनिक भएको छ ।थारु गायक विश्व सागर परियार र गायीका सुमन चौधरीको स्वरमा रहेको घुम्मर घुम्मर कम्मर हिलादेउ बोलको अडियो गीत शुक्रवार सार्वजनिक भएको हो । गीतको शव्द सुखलाल थारुले गरेका छन भने संगीत मनोज बधानले गरेका छन ।
यस्तै गीतको एरेन्ज पुष्कर खत्रीले गरेका छन। टिकापुर कैलालीको रियाज रेकडिङ स्टुडियोबाट गीत रेकडिङ भएको गायक विश्व सागर परियारले जानकारी गराए । घुम्मर घुम्मर कम्मर हिलादेउ बोलको गीतमा थारु मोडल राजकुमार चौधरी र दाङकी थारु मोडेल अपेक्षा कुशुम्याले मोडलिङ गर्ने पक्का भएको गायक परियारले जानकारी गराए ।
थारु मोडल राजकुमार पछिल्लो समयमा निरन्तर थारु म्युजिक भिडियोमा मोडलको रुपमा भुमिका निभाउदै आएका छन । मोडल राजकुमारले कहाँ जाइतो गोरी लचकाईके कमरिया, आगे आगे मोरट बाईक पाछे पाछे मोटरकार र मिनी स्कटवाली छैली पलटके हेरो बोलको गितमा मुख्य भुमिका निभाई सक्नुभएको छ ।
मोडल राजकुमारले अव तुलसीपुर नगरपालिका १२ कचीलाका अपेक्षा कुशुम्यासंग चौथो म्युजिक भिडियोमा खेल्ने पक्का भएको जानकारी गराए । मोडेल कुशुम्या एक वटा नेपाली गीतमा मोडेलको भुमिका निभाएका छन् । गीतको सुटिङ बर्दिया र कैलालीको थारु गाउँमा हुने गायक परियारले जानकारी गराए । घुम्मर घुम्मर बोलको गीत आरकेसी स्टुडियो कोहलपुर पिपरीको युट्युवबाट सार्वजनिक भएको हो ।