संजीवनीको समिक्षा कोहलपुरमा



कोहलपुर/  समुुुुदायमा आधारित लघु स्वास्थ्य सुरक्षा कार्यक्रम (संन्जीवनी) को प्रगति तथा अन्तरक्रिया कार्यक्रम बुधबार कोहलपुरमा सम्पन्न भएको छ ।

कार्यक्रमको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । कोहलपुर नगर कार्यपालिका सदस्य तथा कोहलपुर दाबी समितिकी संयोजक गीता बिकले स्वागत मन्तव्य राखेकी थिइन् ।

कोहलपुर नगरपालिका स्तरिय स्वास्थ्य सुरक्षा कार्यक्रम सन्जीवनीको बारेमा जानकारी दिने उदेश्यका साथ सुरु भएको अन्तरक्रिया कार्यक्रममा जितराज गौतमले संन्जीवनी कोषको प्रक्रिया र अवस्था बारे सहजीकरण गरेका थिए ।

विशेष गरेर अहिले समुदायमा लघु स्वास्थ्य सुरक्षा कार्यक्रम यति नै आवश्यक भएको र यस्ता कार्यक्रमले समुदायमा रहेका स्थानिय व्यक्तिहरुमा थप टेवा पुग्ने र जिवनयापनमा सहज हुने कार्यक्रमका सहभागिहरुले औल्याएका छन ।

सो कार्यक्रम बाँकेकाको कोहलपुर, नेपालगन्ज, राप्ती सोनारी, खजुरा डडुवा लगाएतका ठाउमा लघु स्वास्थ्य सुरक्षा कार्यक्रम सन्जीवनी लागु भएको बताइएको छ ।

लघु स्वास्थ्य सुरक्षा कार्यक्रम सन्जीवनीका अद्मक्ष गौरी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं.१ देखि १५ न वडाका अध्यक्षहरु कार्यपालिका सदस्यहरु ,नगरपालिकाका प्रशासकिय अधिकृत हरी वली कानुन शाखाका बुद्धीमान विष्ट, उद्योग वाणिज्य संघ प्रदेश नं ५ का सदस्य नरेन्द्र प्रसाद शर्मा संन्जीवनीकी कार्यक्रम संयोजक सगुन गौतम संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १० गते बिहीबार