कोहलपुर/ ३६औं विपी स्मृति दिवसको अवसरमा बुधबार कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल तरुण दल नगर कमिटी कोहलपुरको आयोजनामा कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ब्लड बैंक परिसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद किशोरसिंह राठोरले पार्टी निकट भातृ संगठनहरु राजनीतिक गतिविधीसँगै सामाजिक रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको इतिहासमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । उक्त कार्यक्रममा १ सय ८५ जनाले रक्तदान गरेको तरुण दल बाँके क्षेत्र नं.१ का क्षेत्रीय सभापति दिग विजय जङ्ग राणाले जानकारी दिए ।
तरुण नगर कमिटी कोहलपुरका कोषाध्यक्ष मान बहादुर थापाले स्वागत मन्तव्य राखेको रक्तदान कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस क्षेत्र नं.१ का क्ष्ेत्रीय सभापति माधवराम खत्री, नेपाली काँग्रेस महासमिति सदस्यद्वय भानुभक्त भट्टराई र नारायण प्रसाद गौडेल, नेपाल ट्रेड युनियनका केन्द्रिय सदस्य बिरेन्द्र शाह, कोहलपुर नगरपालिका १० का वडा अध्यक्ष निरज चलाउने, बागेश्वरी यातायात समितिका अध्यक्ष मन प्रसाद आचार्य, जिल्ला अध्यक्ष बिरेन्द्र बहादुर शाह, सचिव बिनोद रिजाल लगाएतका अगुवा नेता कार्यकर्ताहरुले तरुण दलले मुलधारको राजनीतिक परिवर्तनमा खेलेको अग्रणी भूमिकाबारे चर्चा गरेको नेपाल तरुण दल बाँके क्षेत्र नं.१ का क्षेत्रीय सभापति दिग बिजय जङ्ग राणाले बताए ।
उक्त रक्तदान कार्यक्रमको तरुण दल नगरकमिटी कोहलपुरका सभापति हरिसिंह राठोरको सभापतित्वमा धन्यवाद ज्ञापन गर्दै समापन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्