बर्दिया/ रेडियो गुर्बाबा एफएम ८९.७ मेगाहर्ज बाँसगढीको पहुँच बर्दिया जिल्लाका ८ ओटै स्थानीय तहमा पु¥याउन ७ दिने आधारभुत रेडियो पत्रकारिता तालिम सुरु भएको छ ।
‘समावेशी रेडियोको साझा आवाज रेडियो गुर्बाबा एफएम’ भन्ने मुल मर्म सहित सञ्चिालित तालिममा बर्दियाका ८ वटै स्थानीय तहबाट २÷२ जना गरी १६ जना सहभागी भएका छन् ।
रेडियो गुर्बाबा एफएमको आयोजनामा सुरु भएको आधारभुत रेडियो पत्रकारिता तालिम १३ गतेसम्म चल्ने छ । तालिमको पहिलो दिन रेडियो गुर्बाबा एफएमका प्रवन्ध निर्देशक एकराज चौधरीले तालिमको उद्देश्यबारे प्रकाश पार्दै बर्दिया जिल्लाको थारु समुदायको ६५ प्रतिशत जनता साक्षर भईसेको बेलामा थारु समुदायका जनताले पत्रपत्रिका पढने र रेडियो सुन्ने बानीको विकास गर्नु पर्ने बताए ।
तालिमको प्रशिक्षकमा एकराज चौधरी, पत्रकार महासंघ बर्दिया जिल्ला शाखाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, नेपाल प्रेस ईन्स्टिच्युटका हेमन्त कर्मचार्य, हातेमालो रेडियो नेपालगजका स्टेसन म्यानेजर डिल्ली विसी, नयाँ पत्रिका राष्ट्रिय दैनिक बाँकेका प्रतिनिधि विश्वराज पछलडग्या र रेडियो गुर्बाबा एफएमकी स्टेसन म्यानेजर पुष्पा चौधरी रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्