बनगाड कुपिण्डेमा बजेटको विषयमा मेयर र उपमेयरबिच विवाद



सल्यान/  सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुतको विषयलाई लिएर नगरपालिकाको कार्यपालिकाको बैठकमा विवाद सुरु भएको छ ।

नगर प्रमुख र उपप्रमुख सहित वडा अध्यक्ष , कार्यपालिका सदस्यहरुको विवाद चरम उत्कर्षमा पुगेको छ । नगर कार्यपालिका जम्मा २२ जना मध्ये, नगर प्रमुख गोविन्द कुमार पुन सहित ५ जना एकातिर छन भने उप प्रमुखको मन्जु एरी सहित तीन तिहाई कार्यपालिका सदस्य अर्को तिर छन ।

कार्यपालिकाको बैठक विगत असार २७ गते देखि साउन २ गते सम्म एक हप्ता लामो बैठक बसे पनि बजेट विनियोजनको विषयमा सहमति हुन नसक्दा नगर प्रमुख र उप प्रमुख दुवै जनाले छुट्टाछुट्टै बजेट कार्यपालिकाको बैठकमा प्रस्तुत गरेका छन ।

प्रस्तुत गरेको बजेट आ आफ्नै अडानका कारण सहमति हुन नसक्दा अहिले विवाद सडक सम्म पुगेकोे छ । बिहीबार उप प्रमुख मन्जु एरीको नेतृत्वको समुहले पत्रकार सम्मेलन गरी विवादका विषयमा जानकारी दिएका छन ।

उनीहरुले प्रेस विज्ञप्तिमा निकालेर जानकारी दिएका हुन । विज्ञप्ती मार्फत उनीहरुले नगरपालिकामा समग्र विकास, समृद्धि , सुशासन प्राप्तिको लागि आफुहरु जनप्रतिनिधिहरुका रुपमा आईसकेपछि अवरात्र खटिरहेको कुरा जानकारी गराउदै आएको तर नगरपालिका प्रमुख गोविन्द कुमार पुनले भने आफू खुसी नगरपालिका सन्चालन गर्ने खोजिएकाले जनतालाई अन्याय भएको उल्लेख गरेका छन ।

उनीहरुले आफुहरुको आग्रह लाई नगर प्रमुख पुनले वेवास्ता मात्र नगरेर नगरपालिकामा नै गम्भीर प्रकृतिको गतिविधिहरु समेत गरेको बताएका छन ।

नगरपालिकालाई समृद्धिको यात्रामा अगाडि बढाउने क्रममा नगर प्रमुख पुनलाई पटक पटक आग्रह गर्दा पनि हुकुमी शासन गलत नियत र नेपालको प्रचलित ऐन कानुनको वर खिलाप गर्दै मनोमानी गरेको विज्ञप्तिमा आरोप लगाएका छन ।

१७ जना नगर कार्यपालिका सदस्यहरुको सयुक्त हस्तान्तरण गर्दै १३ बुद्धे प्रेस विज्ञप्ति निकालिएको छ ।  यता नगरपालिका प्रमुख गोविन्द कुमार पुनले भने विज्ञप्तीमा उल्लेख गरि आफुलाई लगाइएका आरोपहरु निराधार भएको बताएका छन ।

बजेट विनियोजनका विषयमा उपप्रमुख सहितको टोलीले सबै बजेट सडकमा मात्र हाल्न खोजेपछि आफुले संशोधन गरेर जानुपर्ने माग गरेको उनको भनाई छ ।

सबै कार्यापालिका बैठकहरुको निर्णय बमोजिम कामहरु भएको र उनीहरुले लगाएको आरोपको खण्डन गर्ने प्रमाणहरु आफुसंग भएको भन्दै आफु दोषी देखिएमा १ दिन पनि मेयरको कुर्सीमा नबस्ने उनको भनाई रहेका छ

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ३ गते बिहीबार