8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

भन्सार कार्यालय बाँकेद्वारा सवा १० अर्ब बढि राजश्व संकलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ३, २०७५  

कोहलपुर/ नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपिया राजश्व संकलन गरेको सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत सुबास श्रेष्ठले जानकारी दिए ।

नेपालगन्ज भन्सार कार्यालयले आर्थिकबर्ष २०७४/७५ का लागि आठ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपिया राजश्व संकलनको लक्ष्य पाएको थियो ।

लक्ष्यको ११७ प्रतिशत राजश्व संकलन गर्न सफल भएको भन्सार अधिकृत श्रेष्ठले बताए । लक्ष्य भन्दा करिब दुई अर्ब रुपिया बढि राजश्व संकलन भएको छ ।

भन्सार कार्यालयका अनुसार गत आर्थिकबर्षमा साउन र कात्तिक महिनामा मात्रै लक्ष्य भन्दा कम राजश्व संकलन भएको थियो ।

नेपालगन्ज भन्सारबाट भारतबाट पेट्रोलियम पदार्थ, उद्योगका लागि आवश्यक कच्चा पदार्थ, खाद्यान्न लगायत बढि भन्सार महसुल संकलन हुने सामाग्रीहरु भित्रिने गरेका छन् । नेपालगञ्ज भन्सारमा पनि सामान निर्यात भने न्यून रहेको छ ।

प्रकाशित मितिः बिहिबार, साउन ३, २०७५     7:41:13 AM  |