वडा कार्यालय उद्घाटन



नरैनापुर (बाँके)/  नरैनापुर गाउँपालिका वडा नम्बर ६ को कार्यालय बुधबारदेखि आफ्नै नया ँभवनमा सरेको छ ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमदशाहले जमुनी मानव निर्मित ४ कोठे भवनको बुधवार उद्घाटन गरेका हुन् । ३८ लाखको लागतमा एक बैठक कक्षसहित ४ कोठे भवन निर्माण गरिएको वडा सचिव प्रेम प्रसाद उपाध्यायले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले आफ्नै भवन भएपछि अब सेवाग्राहीलाई सेवादिन सहज हुने भन्दै जनताको काममाकुनै ढिलाई र कञ्जुस्याइ नगर्न निर्देशन दिए ।

यसअघि गंगापुरमा रहेको कार्यालयमा बाढी पसेर कागजपत्र नष्ट हुने समस्या रहेकोमा अब त्यो सम्भावना टरेको वडा नम्बर ६ का वडा अध्यक्ष विरेन्द्रपाल सिंहले बताए ।

यस्तै बुधबारmवडा नम्बर ६ भोजपुरस्थित जय किसान माध्यामिक विद्यालयको नवनिर्मित २ कोठे भवनको पनि उद्घाटन गरिएको छ । जिल्लाशिक्षाकार्यालय बाँकेको आर्थिक अनुदान र स्थानीय जनश्रमदानमा निर्मित भवनको गाउँपालिकाका अध्यक्ष शाहले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले शिक्षा नै विकासको आधार भएकाले आफ्नो पहिलो एजेण्डा नै शिक्षा भएको भन्दै यसका लागि आफूले अर्जुन दृष्टि लगाएर काम गरिरहेको बताए ।

बघौडाको शैक्षिक सुधार आफ्नो पहिलो एजेण्डा भएको अध्यक्षशाहले उल्लेख गरे । विद्यालयहरुलाई भौतिकपूर्वाधार सम्पन्न बनाउन आफूले सक्दो कोशिस गर्ने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ३ गते बिहीबार