अवैध हतियारसहित बर्दियामा २ जना पक्राउ



बर्दिया/ अवैध हतियारसहित बर्दियामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्लाको बढैयाताल गाउपालिका वडा नं २ सितापुर बस्ने २६ वर्षीय खुमबहादुर थापा र २७ वर्षीय खडकबहादुर सुनारलाई आइतबार साझ हतियार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उनीहरुबाट १२ बोर बन्दुक एक थान र सोही बन्दुकमा लाग्ने गोली २ राउण्ड बरामद गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

गोप्य सूचनाका आधारमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ र इलाका प्रहरी कार्यालय मैनापोखरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। जिल्ला प्रशासन कार्यालय गुलरियाबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।

 

यसैगरि प्रहरीले बढैयाताल गाउपालिका १ बस्ने डम्मरबहादुर खड्काको घरबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ । खड्काको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ३२ गते सोमबार