जानकी (बाँके)/ विभिन्न पाँच बँुदे प्रतिबद्धताको गर्दै जानकी गाउँपालिका बाँकेले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई सम्पन्न भएकोछ । बासको सजीकरणमा आज सोमबार कृषि तालिम केन्द्रको सभाहलमा उक्त सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
१०० बढि स्थानीयहरुको सहभागितामा सम्पन्न सार्वजनिक सुनुवाईमा जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवले आर्थिक वर्ष २०७४÷०७५ मा भएका गतिविधि तथा मुख्य उपब्धिहरुबारे जानकारी गराएका थिए ।
बासका अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको कार्यक्रममा बासका निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमबो उद्धेश्यमाथि प्रकाश पारेका थिए ।
सुनुवाईको खुला छलफलमा सहभागिहरुले पदाधिकारीहरुसँग विभिन्न बिषयमा जिज्ञाशा तथा प्रश्नहरु राख्नुका साथै सुझावहरु दिएका थिए । सहभागीहरुले सडक, ढल निर्माण, विकास निर्माण, लक्षितवर्ग केन्द्रीत कार्यक्रम, कार्यक्रमको प्रभावकारिता लगायतका विषयहरुमा जिज्ञासा, गुनासो तथा प्रश्न राखेका थिए ।
सहभागीहरुबाट आएका प्रश्नहरुको जवाफ जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव, उपाध्यक्ष्य भुमिसरा धिताल, प्रमुख प्रशासकिय अधिकृत पित्रिभक्त गिरी, वडा अध्यक्षहरु लगायतले दिएका थिए । सार्वजनिक सुनुवाईको अन्तमा ५ बुँदे सार्वजनिक प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।