सल्यान/ सल्यानको एउटै गाउँमा १२ क्वीन्टल शंखेकिरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं. ६ बरलामा एउटै गाउँमा १२ क्वीन्टल ४ केजी शंखेकिरा संकलन गरिएको हो ।

(ज्वाईन्ट अफ्रिकन स्नेल) अर्थात ठूलो आकारको शंखेकिराले किसानले लगाएको तरकारी बाली, धानबाली, मकैँबाली आदिमा क्षती पु¥याउन थाले पछि स्थानीय सरकारको पहलमा बरलाको करिब २० देखि २५ हेक्टरमा रहेको शंखेकिरा नियन्त्रण गर्न शुरु गरिएको हो ।
एक केजि किरा संकलन गरे बापत ५० रूपैयाँ दिएर तीन दिन लगाएर किरा संकलन गरिएको हो । शारदा नगरपालिकाको आर्थिक सहयोगमा संकलन गरिएको किरालाई अहिले आयोडिन नुन छर्केर राखिएको छ । आयोडिन नुनले नै उक्त किरा मर्ने भएकाले यस्तो गरिएको जिल्ला कृर्षी विकास कार्यालय सल्यानका बरिष्ठ कृर्षी विकास अधिकृत अम्मर राज घिमीरेले बताए ।
उनले भने ‘शंखेकिरा मार्न हामीले अनेकौ प्रयास र्दापनि मार्न सकिएन र हाल यो मार्न समातेर नुन छर्केर मार्दै छौं ।’ ठूलो शंखेकिरा नेपालमा पछिल्लो समय विभिन्न खानेपानीका योजना अनुसार ठुला पाइपहरु विदेशबाट भित्र्याउदा पाइप भित्र किरा पसेर आएको हुन सक्ने घिमीरेले बताए ।
तर पहिले यो किरा नेपालमा नभएको उनले जानकारी दिए । यो किराले भविस्यमा दिनमा ठुलो क्षतिगर्ने भएकाले यसलाई समयमै नस्ट गर्न आवश्यक रहेको उनले बताए ।
चिसो समयमा शंखेकिरा जमिनमुनि लुक्ने र गर्मी याममा बाहिर निस्कने गर्दछ । शंखे किराले एकपटकमा १६ सय अण्डा पर्ने भएकाले व्यापक फैलने र यसले जुनुसुकै अन्नबाली पनि उम्रन बित्तिकै नस्ट गर्ने घिमिरेको जानकारी दिए । उनले जिल्लाका अन्य गाउँ ठाउँमा रहेका शंखेकिरा पनि तत्काल नस्ट गर्न आग्रह गरेका छन् ।
१२ क्विन्टल किरा समातेर नस्ट गर्न लगाएतको र त्यसवाफत खर्च करिब ७० हजार रपैंया भएको शारदा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भिकराज बुढाथोकीले जानकारी दिए । शंखेकिरा मार्ने अभियान जारी रहने उनले जानकारी दिए ।
यसैबीच आफुले बारीमा लगाएको करिब ६० हजार बराबरको तरकारी शंखेकिराले नस्ट गरिदिएको स्थानीय किसान भिमबहादुर बुढाथोकीले गुनासो गरेका छन् ।
स्थानीय सरकारले थालेको शंखेकिरा नष्ट पार्ने अभियान निरन्तर चल्नुपर्ने उनले बताए । तरकारीको पकेट क्षेत्र समेत मानिने बरलाका किसान भिमबहादुर बुढाथोकीले बर्षीक लाखौंको तरकारी उत्पादन गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्