29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

किसानहरुलाई निःशुल्क विरुवा वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २६, २०७५  

कोहलपुर/ जिल्ला वन कार्यालय बाँकेले किसानहरुलाई लक्षित गर्दै निःशुल्क रुपमा विरुवा वितरण कार्य सुरु गरेको छ । वन कार्यालयको नर्सरी रहेका विरुवाहरु किसानहरुलाई सोमबारबाट निःशुल्क रुपमा वितरण कार्य सुरु गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

किसानहरुलाई वन कार्यालयबाट मसला, सागवन, सिमल, बकाईनो, खयर, सिरिष, राजवृक्ष, ईपिलईपि, जिलेबी, टाँकी अगायतका विरुवाहरु निःशुल्क वितरण गरिरहेको जिल्ला वन अधिकृत ईश्वरी प्रसाद पौडेलले बताए ।

विरुवा वितरण कार्यक्रम अन्तर्गत एक कठ्ठामा ५० विरुवाका दरले एक किसानलाई १ हजारसम्म विरुवा निःशुल्क वितरण गरिनेछ । जसअन्तर्गत डेढ लाख विरुवा वितरण गर्ने लक्ष्य रहेको अधिकृत पौडेलले जानकारी दिए ।

जिल्लामा विरुवाहरु अत्यधिक माग भाएपनि माग अनुसारको विरुवा पु¥याउन नसकिएको पौडेल बताए । जिल्ला वन कार्यालयका अलावा जिल्लाका सेक्टर वन र इलाका वन कार्यालयबाट पनि विरुवा वितरण भइरहेको छ ।

तर त्यहाँबाट विरुवा लान चाहने किसानहरुले भने बढिमा २ सय वटा विरुवा लान पाउने पौडेलले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, असार २६, २०७५     7:30:13 AM  |