29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

टर्कीमा रेल दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २५, २०७५  

टर्की/  टर्कीको उत्तर–पश्चिम क्षेत्रमा आइतबार एउटा रेल दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७० भन्दा बढी यात्रु घाइते भएका छन् ।

टर्कीको सरकारी टेलिभिजन च्यानलका अनुसार बुल्गेरियाको सीमाना नजिकै कापिकुल सहरबाट इस्तानबुलतर्फ गइरहेको रेल दुर्घटना भएको हो । रेलको ६ वटा डिब्बा लिकबाट उछिट्टिएको उक्त टेलिभिजनले जनाएको छ ।

दुर्घटना कसरी भयो भन्नेबारे प्रष्ट हुन सकेको छैन । खराब मौसम तथा भूस्खलनका कारण दुर्घटना भएको हुन सक्ने स्थानीय प्रशासनको अनुमान छ । (एजेन्सी)

प्रकाशित मितिः सोमवार, असार २५, २०७५     8:13:06 AM  |