8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

निःशुल्क स्वास्थ्य शिविरबाट चार सय बढी लाभान्वित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार २४, २०७५  

बर्दिया/ बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने गोला गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ४सय १३ जना सर्वसाधारण लाभान्वित भएका छन् ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँके अन्तर्गत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको आयोजना तथा गेरुवा गाउँपालिका वडा नम्बर ४ र मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एशोसियशन बाँकेको सहकार्यमा सम्पन्न उक्त शिविरमा आएका सर्वसाधारणलाई चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

शनिवार विहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालित उक्त शिविरबाट गेरुवा गाउँपालिका अन्तर्गतका २ सय १३ जना महिला र १ सय ४० जना पुरुष समेत ४ सय १३ जना सर्वसाधारण स्वाथ्य सेवाबाट लाभान्वित भएका थिए । केन्द्रका सदस्य नितेश गिरीकाअनुसार उक्त शिविरमा सबभन्दा कम उमेर १५ महिनाको बालकदेखि ८९ वर्षीय वृद्ध, ७३ वर्षीया महिलाले स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि प्राप्त गरे ।

९० प्रतिशत भन्दा बढी थारु समुदायका सेवाग्राहीहरुको भीड रहेको सो शिविरमा स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकका अनुसार महिलाहरुमा पाठेघरको समस्या, बच्चा नपाउने समस्या, सेतो पानी बग्ने लगायतका समस्या थिए भने आँखाको दुखाई, आँखाबाट पानी बग्ने, मोतिया विन्दू, कानबाट पिप बग्ने, कान पाक्ने, छाती र पेट दुख्ने, जिउ दुख्ने, चिलाउने आदि सम्बन्धि समस्याबाट पीडित थिए ।

शिविरमा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा. अस्मिता गौतम, डा. रेस्थानीय श्री जनता माध्यमिक विद्यालय परिसरमा सञ्चालित सो शिविरमा गेरुवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चलाउने, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर चौधरीको सक्रिय सहभागिता रहेको थियो ।

वडा अध्यक्ष बल बहादुर चलाउनेले आयोजक संस्था र चिकित्सकहरुप्रति स्वागत र आभार व्यक्त गर्दै आगामी आर्थिक वर्षमा पनि यस किसिमको शिविर सञ्चालन गर्न सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर लाल चौधरीले गाउँको नजिक कुनै पनि सुविधा सम्पन्न अस्पताल, स्वास्थ्य चौकी र मेडिकल हल समेत नभएको हुँदा धेरै ग्रामीण समुदायका विपन्न वर्गका नागरिक लाभान्वित भएको बताए ।

आयोजक संस्थाले विद्यालयका लागि आवश्यक पर्ने प्राथमिक उपचारका लागि केही औषधि उपलब्ध गराएको थियो ।

प्रकाशित मितिः आइतवार, असार २४, २०७५     9:15:47 PM  |