एकलाख घुस रकमसहित ईन्जिनीयर पक्राउ



कोहलपुर/  बाँकेको डुडुवा गाउँपालिकाका ईन्जिनीयर तेजराज खड्का शुक्रबार एक लाख घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् ।

ईन्जिनीयर खड्काले सोही गाउँपालिकाको हिरमनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवा ग्राहीसंग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा कोहलपुरबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई घुस रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित नेपालगन्जको विपीचोकस्थित दंगाली केसी मःम सेन्टरबाट रंगेहात पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले जानाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २२ गते शुक्रबार