भारतबाट ल्याउँदै गरेका अवैध कुखुराका चल्ला बरामद



नेपालगन्ज/  बाँकेको खजुरा गाउँपालिका १ नेपाल भारत सिमा चन्द्रनगरबाट प्रहरीले अवैध ३ सय ४० वटा कोइलर कुखुराका बच्चा बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा नेपालतर्फ भित्र्याउदै गरेको अवस्थामा राधापुर चौकिबाट खटिएको प्रहरी टोलिले कोइलर कुखुराका चल्ला बरामद गरेको हो ।

राधापुर प्रहरी चौकिका इन्चार्ज मोहन कुमार भडेलको कमाण्डमा खटिएको टोली र सरोकारवालासहितको टोलिले कोइलर कुखुराको बच्चा बरामद गरेको थियो । बरामद गरिएका कुखुराका चल्ला नष्ट गरिसकिएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २१ गते बिहीबार