सामाजिक समावेशीकरणसम्वन्धी तालिम सम्पन्न



ज्ञामाया थापा : कोहलपुर/ लैङ्गिक समता तथा सामाजिक समावेशीकरणसम्वन्धी दुई दिने तालिम मंगलबार नेपालगन्जमा सकिएको छ । जिल्ला वन कार्यालयको आयोजनामा सोमबारदेखि सञ्चालन भएको तालिमको मंगलबार एक समारोहका विच समापन गरिएको हो ।

तालिममा लैङ्गिक समता तथा सामाजिक समावेशीकरणको परिभाषा दिँदै समावेशी नहुनुका कारण, मुख्य आधार, सूचकहरु यसका असर र उपाय लगायतका विषयमा रमेश बुढाथोकी, ज्योति घिमिरे, चन्द्र बहादुर नेपाली र ईश्वरी प्रसाद पौडेलले सहजीकरण गरेका थिए ।

उक्त तालिममा १५ जना सामाजिक परिचालक र सात जना गरी २२ जनाको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २० गते बुधबार