मुल्य वृद्धिको विरोधमा सरकारी गाडीहरु नियन्त्रणमा



कोहलपुर/   मुुल्य वृद्धिको विरोधमा कांग्रेस निकट विद्यार्थी संगठन नपाल विद्यार्थी संघले आज पनि कोहलपुरमा विरोध प्रदर्शन गरेको छ ।

सोही क्रममा आज सरकारी गाडीहरु नियन्त्रणमा लिएका छन् । आज कोहलपुरको चौराहबाट सरकारी गाडीहरु नियन्त्रणमा लिएका छन् ।

उनीहरु मुल्यवृद्धिको विरोधमा सरकारी गाडी लिने क्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरी चढेको गाडी समेत नियन्त्रणमा लिएका छन् ।

नियन्त्रणमा लिएका गाडीहरु साँझ ५ बजेको कोण सभापछि छोेडिने नेवि संघका जिल्ला सदस्य हर्षवद्र्धन चौधरीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार १७ गते आइतबार