कोहलपुर/ बाँकेको बैजनाथ गाउँपालिका स्तरिय दलित संञ्जालले विपन्न दलित वर्गलाई शुक्रबार बाख्रा उपहार प्रदान गरेको छ । संजालले बिहबिार बैजनाथ गाउँपालिकाको वडा नं ५ जीगाउँ स्याउलीबजारका १७ घर विपन्न दलितहरुलाई बाख्रा उपहार प्रदान गरेको छ ।
बाख्रा उपहार कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा बैजानाथ गाएँपालिकाकी उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले वास्तविक आवश्यकता भएका दलितहरुलाई समान्य भएपनि सहयोग भएपनि उसले उनीहरुलाई केही राहत दिने बताईन ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा वडा नं ५ का वडाअध्यक्ष मन बहादुर खत्रीले संञ्जालले गरेको काम निकै राम्रो र उदाहरणीय भएको र यसबाट विपन्न दलितहरुको आयआर्जनमा सुधार गर्न सहयोग गर्ने बताए । साथै उनले प्रभाकारी ढंगले बाख्रा पालन गरे नगरेको अनुगमन गरिने बताए ।
आय आजर्न सुधार समितिका संयोजक दिल विश्वकर्माले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै गाउँपालिका भित्रका सबै विपन्न वर्गका दलितहरुलाई बाख्रा वितरण गर्ने र यस अघि बैजनाथ गाउँपालिकाको वडा नं १,२,४,र ७ का विपन्न दलितहरुलाई बाख्रा वितरण गरिसकिएको बताए साथै उनले कार्यक्रमले उनीहरुको आयआर्जनमा सुधार आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पशुसेवा कार्यालयका रतन शाहीले बाख्रापालन र स्याहार बारे प्रशिक्षण दिएका थिए । बैजनाथ गाउँपालिका स्तरिय दलित संञ्जालकी अध्यक्ष खगीसरा सुनारको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ४ की दलित महिला सदस्य शर्मिला सुनार, कार्यपालिका सदस्य गुमान बहादुर दमाई, मेघराज सुनार संञ्जालका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन बैजनाथ गाउँपालिका स्तरिय दलित संञ्जालकी सचिव यमुना रसाइलीले गरेकी थिईन ।









प्रतिक्रिया दिनुहोस्