कोहलपुर/ कोहलपुर नगरपालिका वडा नं. १२ को वडा कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गरिए पनि अर्को समुहले ताला खोलेको छ ।
एकलौटी ढंगबाट टोल विकास संस्था गठन गरिएको भन्दै नेपाली काँग्रेस सम्वद्ध कार्यकर्ताहरुले वडा कार्यालयमा तालावन्दी गरेका थिए ।
उनीहरुले योजना छनोट प्रक्रियामा समेत वडा कार्यालय पुर्वाग्रही भएको आरोप लगाएका छन् । नेपाली काँग्रेस वडा नं. १२ का सभापती गोविन्द प्रसाद ढकालको नेतृत्वमा वडा कार्यालय पुगेका काँग्रेस समर्थक कार्यकर्ताहरुले वडा कार्यालय परिसरमा नाराबाजी गर्दै अनिश्चितकालिन तालाबन्दीको घोषणा गरेका थिए ।
उनीहरुले २२ जना द्धारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेका थिए । तर अर्को समुहले शुक्रबार नै ताला खोलेको छ ।
प्रकाशित मिति : २०७५ असार ९ गते शनिबार









प्रतिक्रिया दिनुहोस्