जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण



नेपालगन्ज/  नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १४ ले बालेगाउँमा बिहीबार जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । सो वडाका ७० वर्ष भन्दामाथिका जेष्ठ नागरिको स्वास्थ्य परीक्षण गरिनुका साथै फलफूल समेत वितरण गरिएको थियो ।

फलफूल वितरण गर्दै वडा अध्यक्ष ओमकार नाथ मिश्रले जेष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि सबै जिम्मेदार हुनुपर्ने बताएका थिए । शिविरमा महिला पुरुष गरी १८ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रमका संयोजक लक्ष्मण प्रसाद वर्माले जानकारी दिए ।

स्वास्थ्यकर्मी सन्दिप गोडिया र चन्द्रा सिंहले स्वास्थ्य परीक्षण गर्दै आवश्यक औषधि उपचारको सल्लाह समेत दिएका थिए । जाँच गरिएकामध्ये अधिकांशमा उच्च रक्तचापका विरामी भेटिएका थिए भने एक जनालाई भने हात्तिपाइले भएको पाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रबार