प्रमोदको सुटुकै बाटो काटेर भिडियो सार्वजनिक



नेपालगन्ज/  बाँकेका सञ्चारकर्मी तथा गायक प्रमोद डिजीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपालगञ्ज निवासी प्रमोद डिजी लगायतले टिमले आइतबार नेपालगञ्जमा एक समारोहकाबीच सुटुक्कै बाटो काटेर गई गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

डिजीको १६ औं भिडियोका रुपमा यो भिडियो रहेको गायक डिजीले बताए । यो गीत भने चार वर्ष अघि नै अडियोमा आइसकेको डि.जीको भनाई रहेको छ ।

तर यसको चर्चाका कारण पुन यसको भिडियो निर्माण गरिएको गायक डिजीको भनाई छ ।कलाकार तथा नृत्य निर्देशक नवराज सुबेदीले निर्देशन गरेको भिडियोमा नव कलाकारका रुपमा सन्तोषी चन्द ठकुरी, पिन्टु काँदु र चन्द्र सिंहले अभिनय गरेका छन् ।

किरण भण्डारीको लय र शब्द रहेको भिडियोलाई दिनेश ओलीले छाँयाकन गरेका थिए । जम्मा ३ मिनेट ५८ सेकेण्ड लामो उक्त भिडियोलाई सबैले राम्रो प्रतिक्रिया दिएका छन् । सार्वजनिकी समारोहमा नव कलाकारको प्रोत्साहनका लागि सम्मान समेत गरिएको थियो ।

सार्वजनिक समारोहमा बोल्दै पत्रकार पूर्णलाल चुकेले मोफसलमा यति राम्रो भिडियो निर्माणले यस क्षेत्रको कलालाई थप उर्जा प्रदान गर्ने बताए । उहाँले नव कलाकारको उज्वल भविष्यको समेत कामना गरे ।

त्यस्तै नृत्य निर्देशक भरत महतोले स्थानियस्तरमा यत्तिको राम्रो भिडियोको निर्माण पहिलो भएको बताए । शिक्षक हेमन्तराज काफ्लेले भर्खरै कला क्षेत्रमा लाग्नेहरुलाई धेरै सिकाई हुने धाराणा राखे । गायक डिजीले हालसम्म २४ वटा गीतहरु बजारमा ल्याई सकेका छन ।

उनले स्थानीय र राष्ट्रिय कालाकार भनेको सबै कलाकार नै हुने भएकाले सबैले सहयोग गर्न एकदमै आवश्यक रहेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ४ गते सोमबार