बाल दुव्र्यसनी न्युनीकरण सम्बन्धी तालिम



कोहलपुर/  बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमो बाल दुव्यर्सनी न्युनीकरण सम्बन्धी तालिम दुई दिन तालिम शनिबार सम्पन्न भएको छ । तालिमको समापन सत्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष महाविर वलीले दुव्र्यसनबाट बचेर भविष्य उज्जवल बनाउनका लागि तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्ने बताए । 

त्यस्तै सहभागीहरुका तर्फबाट बोल्दै जनता माध्यामिक विद्यालयकी छात्रा लिला डाँगीले वडा कार्यालयले विद्यार्थीहरुलाई बाल दुव्यर्सनी विरुद्धको तालिम दिएर निकै राम्रो कुरा सिकाएको भन्दै आगामी दिनहरुमा पनि यस्ता तालिमहरु दिनु पर्ने बताईन ।

अर्का सहभागी गणेश मा.वि का छात्र तारा प्रसाद वलीले आफुले सिकेका कुराहरु निकै राम्रो भएको हुँदा विद्यालयमा सबैलाई सिकाउने बताए साथै अभिभावकहरुको लापरबाहीका कारण बाल बालिबालिका लागु पदार्थको दुव्यर्सनीमा फस्ने हुदाँ अभिभाकहरु सचेत हुनुपर्ने बताए ।

तालिमको समापन सत्रमा राप्तीसोनारी गाउँपालिका वडा नं ९ का सचिव पुष्कर सिँह ठकुरी, प्रशिक्षक शंकर न्यौपाने पत्रकार कविन्द्र परियार लगायतले मन्तव्य राखेका थिए ।

दुई दिनसम्म सञ्चालन गरिएको तालिममा राप्तीसोनारी गाउँपालिका वडा नं. ९ वडा कार्यालयको व्यवस्थापनमा संचालन गरिएको थियो उक्त तालिमा ढकेरी क्षेत्रका ३ वटा विद्यालयका ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।

तालिमको महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख अधिकृत शोभा शाह, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्टराई, पत्रकार कविन्द्र परियार शंकर न्यौपाने लगायतले सहजीकरण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ३ गते आइतबार