कोहलपुर/ बाँकेको कोहलपुरमा शनिबार रक्तदान कार्यक्रम गरिएको छ । ‘‘रगत दिउँ, माया बाढौँ” भन्ने मुल नाराका साथ बेटर नेपाल बाँकेको आयोजनामा गरिएको सो कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् ।
कोहलपुर नगरपालिका–११ का वडाअध्यक्ष कर्ण बहादुर थापाको आतिथ्यतामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका थापाले पछिल्लो समय बाँकेमा विरामीहरुका लागि रगतको अभाव देखिएकोले यस कार्यक्रमबाट थोरै मात्रामा भएपनि त्यसको पुर्ति हुने बताए । साथै अध्यक्ष थापाले रगत दान नै जीवन दान भएकाले युवाहरुले यस्ता कार्यक्रम आयोजना गर्नुले सामाजिक सेवासँगै मानविय धर्म हुने बताए ।
यस्तै कार्यक्रममा बोल्दै बेटर नेपाल बाँकेका अध्यक्ष युवराज देवकोटाले पछिल्लो समय देशभर नै विरामीहरुका लागि रगत अभाव देखिएकोले कोही कसैले पनि रगतको अभावमा अकालमै ज्यान गुमाउन नपरोस् भनेर कार्यक्रमको आयोजना गरिएको बताए ।
बेटर नेपाल कोहलपुरका संयोजक निर्मल भुषालले सञ्चालन गरेको कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका ब्लड बैंक इन्चार्ज राजेन्द्र महतरा, बेटर नेपाल बाँकेका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्