कृषि पेशातर्फ आकर्षण बढाउनु पर्नेमा जोड



रावन बिश्वकर्मा : बाँसगढी,१ असार/  सरकारको कृषि तर्फ ध्यान कृषकहरुको बाहिर ध्यान बढिरहेकाले कृषितर्फ आकर्षण बढाउनु पर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने उदेश्यका साथ बिहिबार साना किसान सहकारी संस्था लि. डेउढाकलाको आयोजनामा बाँसगढीको लक्ष्मणामा जनप्रतिनिधि, सरोकारवाल निकाय र सरोकारवाला बिच भएको अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले कृषितर्फ आकर्षण बढाउन जरुरी रहेकोमा जोड दिएका हुन् ।

बाँसगढीमा कृषिमा आत्मा निर्भर बनाउन विज्ञ टोलीसहित सरोकार निकाय र सरोकारवाला बिच बृहत छलफल हुनु पर्ने, किसानहरुलाई दिने अनुदानको प्रक्रियालाई पादर्शी बनाउनु पर्ने, नगरपालिकामा पशुपालक र कृषकहरु पहिचान गर्नु पर्ने, पशु प्राविधिकहरुले घरघरमा पुगेर सेवा दिनु पर्ने, कृषकहरुले बिउँ विजन, घाँस लगायतका सेवाहरु समयमै पाँउनु पर्ने जस्ता किसानहरुले जिज्ञासा राखेका थिए ।

किसानहरुले राखेका जिज्ञासाहरुको बारेमा बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी र पशु शाखा कार्यालय बाँसगढीका पशु प्राविधिक ठाकुरदयाल शाहले जवाफ दिएका थिए । कृषकहरुको जिज्ञासाहरुको जवाफ दिदै नगर प्रमुख अधिकारीले निजी, सहकारी र सरकार मिलेर समृद्धि हासिल गर्ने सरकारको नीति अनुसार नगरपालिका लागि परेको बताए ।

उनले कृषिखेती प्रणालीलाई रुपान्तरण गर्दै सामुहिक रुपमा लागेर यान्त्रिकीकरण गर्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए । अधिकारीले किसानहरु पशुपालक मात्रै नभएर पशुपालित हुनु पर्नेतर्फ अग्रसर हुन आग्रह गरे । सरकारले ल्याएका लक्षित कार्यक्रमहरुमा किसानहरुको संगलग्नता रहनु पर्ने उनको भनाई थियो ।

साना किसान सहकारी संस्थाकी अध्यक्ष देविसरा जैसीको अध्यक्षतामा भएको अन्तत्र्रिmयामा वडा नम्बर ८ का वडा अध्यक्ष तुलप्रसाद गौतम, ९ का अध्यक्ष जय बहादुर चन्द, वडा नम्बर ७ का गंगाराम थारु, कार्यापालिका सदस्य गिती बिक, संस्थाका सल्लाहाकारहरु आनन्द प्रसाद ढुंगाना, शंकर प्रसाद तिवारी, रामचरण थारु, चन्द्रावती न्यौपाने लगायत पशुपालक किसानहरुको सहभागिता रहेको थियो । संस्थाका मुख्य प्रबन्धक शान्ति गैरे र लेखा संयोजक ऋषिराम गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार १ गते शुक्रबार