नेतृत्व विकास तथा सुशासन तालिम सम्पन्न



नेपालगन्ज,३१ जेठ/   गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा सञ्चालित पाँच दिने नेतृत्व विकास तथा सुशासन तालिम बुधबार सम्पन्न सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सो तालिमको समापन गरिएको हो ।

तालिमको समापनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाकाका सामाजिक विकास समितिका संयोजक वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले गैससहरुको क्षमता अभिवृद्धिका लागि नेपालगञ्ज उपमहानगरपालिका महासंघलाई सहयोग गर्न तयार रहेको बताए ।

उनले गैससहरु मार्फत विभिन्न क्षमता अभिवृद्धिमूलक कार्यहरु गर्न आवश्यक रहेको बताए । महासँघकी कार्यवाहक अध्यक्ष सपना भट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नमस्कार शाहले गरेका थिए ।

तालिमका सहभागीहरुका तर्फबाट शोभा थापा मगर र पुष्पराज उप्रेतीले प्रतिक्रिया मन्तव्य राखेका थिए । तालिममा ४० वटा गैससका ४० जना प्रतिनिधिहरु सहभागी थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिममा प्राध्यापक रविन्द्र कर्ण, कार्यवाहक अध्यक्ष सपना भट्राई, सदस्य शोभना मिश्र लगायतले सहजीकरण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ३१ गते बिहीबार