दाङ,२९ जेठ/ दाङको तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई लक्षित गरेर असार १ गतेबाट स्यानेटरी प्याड वितरण गर्ने भएको छ ।
नगर कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयमा अध्ययनर किशोरीहरुलाई लक्षित गरेर यस्तो निर्णय गरेको हो । सेनेटरी प्याड नहुँदा महिनावारीको समयमा किशोरीहरु विद्यालय नआउने समस्यालाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।
उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालयमा लागु हुने यो कार्यक्रमको व्यवस्थापन वडा कार्यालय र समन्वय स्वास्थ्य शाखाले प्रमुख पाण्डेले बताए ।
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको विद्यालय निरीक्षण गर्दा किशोरीहरुको उपस्थिति निकै कम देखिएको थियो । उपमहानगरपालिकाको कार्यपालिका वैठकले यही कुरालाई मध्यनजर गरेर यस्तो कार्यक्रम ल्याएको हो ।
प्रकाशित मिति : २०७५ जेठ २९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्