1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

बालमैत्री अभियान विषयक सवांद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २४, २०७५  

कोहलपुर,२४ जेठ/   स्थानीय तहमा बालबालिकाको सवाल तथा बालमैत्री अभियान विषयक स्थानीय सरोकारवालहरुसँग बाल संवाद गरिएको छ ।

स्थानीय रुपमा बालमैत्री शासनका लागि विभिन्न कार्यक्रम गर्दा गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १२ मा वालवालिकाहरुका विषयमा बुधबार नेपालगन्जमा बाल संवाद गरिएको हो ।

कार्यक्रममा वडा न १२ लाई वालमैत्री बनाउनका लागि भैरहेका काम, बाल विवाहको अवस्था तथा बालश्रमका बारेमा सवालहरु उठेका थिए । कार्यक्रमको सहजीकरण वडा स्तरीय बाल सञ्जालकी सचिव पे्ररक्षा गरेकी थिइन् । न

गर भित्र कै पहिलो कार्यक्रमको रुपमा बालबालिकाले आफ्नो बारेमा यसरी बाल संवाद गरेको वडा बाल सञ्जालकी अध्यक्ष पौडेल जानकारी दिइन् ।

सो कार्यक्रमको सेभ द चिल्ड्रेन र बाँके युनेस्को सहयोग तथा बाल मैत्री शासनका लागि नेपालगंज उपमहानगर पालिका वडा १२ को समन्वय र वडा स्तरीय वालक्लव संजाल नेपालगंज उपमहानगरपालिका वडा १२ को आयोजनामा भएको थियो ।

वडा नं. १२ का वडाअध्यक्ष वुद्धि सागर सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वडास्तरीय बाल क्लव सञ्जालकी अध्यक्ष विजेता पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २४, २०७५     8:01:45 AM  |