8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

बाँके र बर्दियाको मौसमसम्बन्धी जानकारी तीनदिन अगावै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २२, २०७५  

कोहलपुर,२२ जेठ/  बाँके र बर्दिया जिल्लाको मौसमसम्बन्धी सूचना तीन दिन अगावै आउने भएको छ ।

सम्भावित बाढी, हावाहुरीसँग सम्बन्धित पूर्वानुमानका बारेमा जानकारी आदान प्रदान भइरहेको जिल्ला प्रशासन कार्यालय बाँकेका शाखा अधिकृत खगेन्द्र पौडेलले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागबाट तीन दिने बाढी पूर्वानुमान सूचना आउने गरेको हो । तीन दिनभित्र बाँके र बर्दियामा हावाहुरी, वर्षात र बाढीको सम्भावनासहित जानकारी आउने गरेको छ ।

सूचनाका आधारमा जिल्लामा जिल्ला दैविक प्रकोप उद्धार समिति र जिल्ला विपत् व्यवस्थापन समितिमा छलफल हुने गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २२, २०७५     8:33:23 PM  |