कोहलपुर,१७ जेठ/ आफ्नो मातृभाषा नयाँ पुस्ताले बोल्न नजानेको भन्दै गुरुङ÷तमु समुदायका अगुवाहरुले चिन्ता प्रकट गरेका छन् । नयाँ पुस्ता माझ कसरी मातृभाषा पु¥याउने भन्ने विषयमा उनीहरुले बहस र छलफल चलाउदै आएका छन् ।
गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेका सचिव गजेन्द्र गुरुङले नयाँ पुस्तालाई मातृभाषा कसरी सिकाउने भन्ने बिषयमा पुरानो पुस्ता चिन्तित भएको बताए ।
उनले सरकारी निकायहरुसँग मिलेर मातृभाषा जोगाउने अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
सोही क्रममा बिहिवारबाट नेपालगन्जमा मातृभाषा सम्बन्धी १० दिने प्रशिक्षण सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्यसमितिको संयोजनमा तालिम सुरु भएको हो ।
तालिमको नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले उद्घाटन गरेकी थिइन् ।
प्रकाशित मिति : २०७५ जेठ १७ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्