सल्यान जिल्लामा २ अर्ब १४ करोड ७३ लाख बजेट अनुसार नगरपालिकाको हकमा सबै भन्दा बढी बजेट सारदा नगरपालिकालाई छुट्याएको छ भने कम बजेट बनगाड नगरपालिकालाई छुट्याएको छ । त्यस्तै गाउँपालिकाको हकमा सबै भन्दा बढी कुमाखगाउँपालिकामा परेको छ भने सबै भन्दा कम सिद्धकुमाख गाउँपालिकालाई छुट्याएको छ ।
जसमा बागचौर नगरपालिकामा २९ करोड, बनगाड नगरपालिकामा ७२ करोड, सारदा नगरपालिकामा ३२ करोड ४८ लाख छुट्याएको छ । त्यस्तै कपुरकोट गाउँपालिकामा १५ करोड ६२ लाख, कालिमाटी गाउँपालिकामा २० करोड ७३ लाख, कुमाखगाउँपालिकामा २१ करोड २५ लाख, सिद्धकुमाख गाउँपालिकामा १३ करोड ६९ लाख, त्रिवेणी गाउँपालिकामा १६ करोड ८१ लाख दार्मा गाउँपालिकामा १७ करोड ११ लाख बजेट छुट्याएको छ ।
प्रकाशित मिति : २०७५ जेठ १६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्