खजुरा (बाँके),१६ जेठ/ बाँकेको खजुरा गाउँपालिका वडा नं.२ साविकको सितापुर गाविसलाई आर्थिक वर्ष ०७५÷०७६ भित्र बालमैत्री वडा घोषणा गर्ने एक कार्यक्रमका सहभागीहरुले प्रतिबद्धा व्यक्त गरेका छन् ।
खजुरा गाउँपालिका वडा नं.२ को सहयोगमा बासद्धारा सञ्चालित बालमैत्री स्थानीय शासनबारे जनजागरण कार्यक्रम अन्र्तगत मंगलबार सम्पन्न बालमैत्री स्थानीय शासन वडा समिति गठन तथा अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले यस्तो प्रतिबद्धता गरेका हुन् ।
कार्यक्रममा बोल्दै वडा नं.२ का वडा अध्यक्ष देबिलाल शर्माले वडालाई बालमैत्रि घोषणा गर्नका लागि योजना बनाएर अगाडि बढ्ने बताए । आगामी आ.व. भित्र वडालाई बालमैत्री घोषणा गर्न वडा कार्यालय लागिपर्ने अध्यक्ष शर्माले प्रतिबद्धता व्यक्त गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बाल मैत्री स्थानीय शासनका सुचकहरु लगायतका विषयमा सहजीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रम पश्चात वडा अध्यक्ष देबिलाल शर्माको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति गठन भएको छ ।
गठित समितिको उपाध्यक्षमा वडा सदस्य झुमा गिरी चयन भएकि छन भने समितिको सदस्यमा क्रमशः वृन्दा खत्रि, दान बहादुर बिसी, सावित्री कुमारी पौडेल, तिलु थापा, नर बहादुर खत्रि, उषा किरण चन्द, खडानन्द शर्मा चयन भएका छन् । यसै गरी वडा सचिव जिवन सुनार समितिको सदस्य सचिबमा चयन भएका छन् ।









प्रतिक्रिया दिनुहोस्