कोहलपुर,१५ जेठ/ बाँकेको सितापुर र महादेवपुरी स्वास्थ्य चौकीको सामाजिक परीक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथा बास नेपालगन्जको आयोजनामासो कार्यक्रम सम्पन्न भएको हो ।
सितापुर स्वास्थ्य चौकीमा भएको आम भेलाले ६ बुँदे कार्ययोजना समेत निर्माण गरेको छ । औषधिको आपूर्ती बढाउन माग गर्ने, वडास्तरीय स्वास्थ्य समन्वय बैठक असार मसान्त भित्र गर्ने, आमा समुहलाई सक्रिय र नियमित गर्ने, आगामी आर्थिक वर्ष भित्र २ ओटा नयाँ खोप केन्द्र स्थापना गर्ने, ल्याव सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति माग गर्ने र स्वास्थ्य चौकी भित्र प्रतिक्षालय र पार्किङ स्थल निर्माण गर्ने रहेका छन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष देबीलाल शर्माले सबैलाई स्वास्थ्यको विषयमा जिम्मेवार भएर काम गर्न अनुरोध गरे ।
यस्तै स्वास्थ्य चौकीले गरेका कार्यक्रमको बारेमा स्वास्थ्यचौकीका ईन्चार्ज खडानन्द भट्राईल जानकारी गराएका थिए भने सामाजिक परिक्षणको क्रममा प्राप्त तथ्यहरुको बारेमा सामाजिक परिक्षक प्रतिक्षा गिरीले जानकारी गराएकी थिइन् ।
यसैगरी सोमबार नै महादेवपुरी स्वास्थ्य चौकीको पनि आम भेलाको सम्पन्न गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्