3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

नेपालगन्ज गोल्ड कप हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १४, २०७५  

कोहलपुर,१४ जेठ/   बाँकेको खजूरामा टुवोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बाँके जिल्ला फुटबल संघको आयोजना यही जेठ २१ देखि २८ गतेसम्म सञ्चालन हुन लागेको हो ।

सो प्रतियोगिताको तेस्रो संस्करणमा नेपाल र भारतका गरी ८ टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लव, एपिएफ, संकटा, च्यासल फुटवल क्लव, लाली रुपन्देही–११, सुदुरपश्चिम–११, भारतको पन्जाव–११ आयोजक नेपालगन्ज–११ ले सहभनगिता रहनेछ । लिगकम नकआउटको आधारमा हुने उक्त प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउँनेछन ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइक उपहार पाउनुका साथै विधागत रुपमा उत्कृष्ट हुने उत्कृष्ट स्ट्राइकर, गोलकिपर, मिडफिल्ड, डिफेन्स, प्रशिक्षकले जनही १० हजार पाउनुका साथै प्रत्येक खेलको म्यान अफ द म्याचले मोबाइल सेट पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १४, २०७५     7:47:19 AM  |