कोहलपुर,१४ जेठ/ बाँकेको नरैनापुर र बनकट्टी स्वास्थ्यचौकीको सामाजिक परिक्षण कार्यक्रम अन्तर्गत आइतबार आम भेला सम्पन्न भएकोछ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथा बास नेपालगन्जको आयोजनामा सम्पन्न नरैनापुर स्वास्थ्यचौकीको आम भेलाले ४ बुँदे कार्ययोजना समेत निर्माण गरेको छ ।
जसअन्तर्गत नरैनापुर स्वास्थ्यचौकीमा सेवाग्राहीहरुका लागि प्रतिक्षालय र शौचालय निर्माण गर्ने, स्वास्थ्यचौकी भवन मर्मत गर्ने र स्वास्थ्य स्वयंसेवीकाहरुले पाउनु पर्ने प्रोत्साहन रकम माग गर्ने रहेका छन् ।
कार्यक्रममा स्वास्थ्यचौकीले गरेका प्रगतिहरुको स्वास्थ्यचौकी ईन्चार्ज नागेन्द्र कुमार शाहले गरेका थिए भने अघिल्लो वर्ष निर्माण गरिएको कार्ययोजनाको कार्यान्वयनको अवस्थाकाबारेमा सामाजिक परिक्षक शम्भु शाहीले छलफल गरेका थिए । गतबर्ष निर्माण गरिएको कार्ययोजनाअधिकांस कार्यान्वयन भएको थियो ।
यसैगरी आइतबार नै बनकट्टी स्वास्थ्यचौकीको सामाजिक परिक्षण कार्यक्रम पनि सम्पन्न गरिएको छ । स्वास्थ्यचौकीमा सम्पन्न आम भेलाले कार्यालयमा कार्यरत केहीकर्मचारीको व्यवहार राम्रो नभएकाले सुधारका लागि सम्झाई बुझाई गर्ने, स्वास्थ्यचौकीको सामाजिक परिक्षण कार्यलाई आगामी वर्षहरुमा निरन्तरता दिने, सुत्केरी महिलाहरुका लागि स्वास्थ्य चौकीमा उपयुक्त बस्ने व्यवस्था गर्ने, विरामीहरुको उपचार गर्दा विभेद हुँदै आएकाले आगामी दिनमा समान व्यवहार गर्ने कार्ययोजना निर्माण गरिएको छ ।
आम भेलामा स्वास्थ्यचौकीले प्रदानगर्ने सेवाका बारेमा स्वास्थ्यचौकी ईन्चार्ज बिरेन्द्र घलेले प्रस्तुत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्