8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

‘बाँके डान्स आईडल’ को तेस्रो छनौट चरण पूरा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १२, २०७५  

कोहलपुर,१२ जेठ/  कोहलपुरमा जारी पश्चिम नेपालकै उच्च राशिको नृत्य प्रतियोगिता ‘बाँके डान्स आईडल’ को तेस्रो छनौट चरण सम्पन्न भएको छ ।

कोहलपुरस्थित साईनिङ्ग स्टार विद्यालयमा शनिबार भएको तेस्रो छनौट चरणमा २ सय ३४ जनाले सहभागिता जनाएका थिए ।

उनीहरुमध्ये ५० जना मात्र चौथो चरणको लागि छनौट भएका हुन् । अब अर्को चौथो छनौट चरणमा ३० जना प्रतियोगीहरु छनौट गर्ने आयोजकले जनाएको छ ।

निहारीका फिल्मस् प्रालिको आयोजना भएकोे सो नृत्य प्रतियोगिताको प्रथम राशी १ लाख रहेको कार्यक्रम प्रस्तुतकर्ता दिपक श्रेष्ठले बताए ।

निहारीका फिल्मस् प्रालिले बाँकेको कला सांस्कृतिलाई प्रोत्साहन गर्न यो नृत्य प्रतियोगिताको आयोजना गर्न लागिएको श्रेष्ठले बताए ।

नृत्य प्रतियोगिताका लागि देशभरबाट सबैले प्रतिस्पर्धीहरु सहभागी हुन सक्ने आयोजकले बताएको छ ।

नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितिय हुनेलाई ५० हजार, तृतिय हुनेलाई २५ हजार र प्रतियोगिताको १० स्थानसम्म आउने प्रतियोगीलाई म्यूजिक भिडियोमा मौका दिने आयोजकले जानएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १२, २०७५     9:23:50 PM  |