‘बाँके डान्स आइडल’को दोस्रो छनौट राउण्ड सम्पन्न



कोहलपुर,५ जेठ/ पश्चिम नेपालकै उच्च राशिको नृत्य प्रतियोगिता ‘बाँके डान्स आइडल’को दोस्रो छनौट राउण्ड सम्पन्न भएको छ । प्रतियोगिताको दोस्रो राउण्ड छनौट कोहलपुर स्थित साईनिङ्ग स्टार माविमा शनिबार म्पन्न भएको हो ।

अब अर्को तेस्रो राउण्ड आउँदो शनिबार हने र उक्त राउण्डबाट ५० जना प्रतियोगिहरुलाई छनौट गरिने निहारिका फिल्मु् प्रा.लिका अध्यक्ष मम्मुन शाक्य श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको दोस्रो राउण्डमा ३ सय ३४ जना प्रतियोगिहरुको सहभागिता रहेपनि २ सय ३४ जना मात्र तेस्रो राउण्का लागि छनौट हुन सफल भएको आयोजले जनाएको छ ।

निहारीका फिल्मस् प्रालिको आयोजना भएकोे प्रतियोगिताले बाँकेको कला सांस्कृतिकलाई प्रोत्साहन गर्नलाई सहयोग पु¥याउने प्रतियोगिताका प्रस्तुतकर्ता दिपक श्रेष्ठले बताए ।

उक्त नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितिय हुनेलाई ५० हजार, तृतिय हुनेलाई २५ हजार र प्रतियोगिताको १० स्थान सम्म आउने प्रतियोगीलाई म्यूजिक भिडियोमा मौका दिइने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ५ गते शनिबार