कोहलपुर,४ जेठ/ कोहलपुर नगरपालिका स्थानीय विपद व्यवस्थापन योजना संकटासन्नता क्षमता विश्लेषण सम्वन्धी तीन दिने तालिम सम्पन्न गरिएको छ ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरको आयोजनामा कोहलपुर नगरपालिका स्थानिय विपद व्यवस्थापन योजना संकटासन्नता क्षमता विश्लेषण तीन दिने तालिम सम्पन्न गरिएको हो ।
तालिमको समापन गर्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले प्राकृतिक विपदबाट धेरै समस्याहरु आउने भएकाले यस्ता समस्याहरु आउन नदिनका लागि कोहलपुर नगरपालिका लागि परेको बताए । साथै कोहलपुर नगरपालिका भित्र हुने प्राकृतिक विपदलाई न्यूनिकरण गर्नका लागि रेडक्रससँग सहकार्य गरी अगाडि बढ्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी बाँके जिल्ला सभापति गोवद्र्धन सिंह सिजापतिले मानविय सेवामा समर्पित रेडक्रसले स्थानीय सरकारसँग सहकार्य गरी प्राकृतिक विपद्लाई न्यूनिकरण गर्न सकिने बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रशिक्षक गोविन्द वाग्लेले तालिम लिएका सहभागीहरु आफ्नो वडामा गई त्यहाँ हुनेसक्ने र आईपर्ने विपदको प्रकृतिको विश्लेषण गरी रेडक्रसमा प्रवेदन बुझाउने बताए । साथै सो प्रतिवेदनमाथि केहि छलफल गरी कोहलपुर नगरपालिका भित्रको प्राकृतिक प्रकोप आउने समय,स्थान उल्लेख गरी नगरपालिकालाई प्रतिवेदन बझाउने बताए ।
तालिममा सहभागी शिवध्वज शाहीले स्थानिय विपद् जोखिम व्यवस्थापन योजना निर्माण गर्दा ध्यान दिनुपर्ने कुरालाई राम्रोसँग बुझेको बताए । तालिममा कोहलपुर नगरपालिकाका १५ वटै वडाका प्रतिनिधि रेडक्रस कर्मी र सुरक्षा निकायका प्रतिनिधि गरी ३३ जनाको सहभागिता रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका कार्यालय प्रमुख लाल बहादुर रानाले बताए ।









प्रतिक्रिया दिनुहोस्