आईपीएल क्रिकेटमा कोलकाताद्वारा राजस्थान ६ विकेटले पराजित



काठमाडौं, २ जेठ/  आईपीएल क्रिकेटमा कोलकाताले राजस्थानलाई ६ विकेटले पराजित गरेको छ । मंगलबार रातिको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै कोलकाताले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

जितपछि कोलकाता १३ खेलबाट १४ अंक सहित १४ स्थानमा छ । १ सय ४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । कोलकातालाई जिताउन क्रिस लायनले ४५ तथा कप्तान दिनेश कार्तिकले नटआउट ४१ रन बनाए । बेन स्टोक्सले ३ विकेट लिए पनि राजस्थानको हार टार्न सकेनन् ।

पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको ३९ र जयदेव उनाद्कटको २६ रनको मद्दतमा १९ ओभरमा १ सय ४२ रनमा अलआउट भएको थियो । कोलकाताका जयदेव यादवले ४ विकेट लिए ।

मंगलबार रातिको खेल हारे पनि राजस्थानको पनि प्लेअफमा पुग्ने सम्भावना भने कायमै छ । १३ खेलबाट १२ अंकसहित राजस्थान तालिकाको चौथो नम्बरमा छ । आईपिएल क्रिकेटमा आज राती मुम्बई इन्डियन्स र किङ्स ईलेभेन पञ्जाब बिभड्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २ गते बुधबार