निःशुल्क खरिदार विशेष तयारी कक्षा सञ्चालन



रावन बिश्वकर्मा बाँसगढी,२ जेठ/  बर्दियाो बाँसगढीमा लोक सेवा आयोग खरिदारको निःशुल्क विशेष तयारी कक्षा सञ्चालन भएको छ ।

बाँसगढी नगरपालिकाको सहयोगमा बाँसगढी एजुकेशन एण्ड रिसर्च सेन्टर प्रा.लि.को आयोजनामा राजपत्रमा अंकित द्वितीय श्रेणी(खरिदार)को विशेष तयारी कक्षा मंगरबारदेखि सुरु भएको हो । विशेष तयारी कक्षाको बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले उद्घाटन गरेका हुन् ।

बाँसगढी क्षेत्रको शैक्षिक क्षेत्र सुधार गरी लोक सेवा आयोग, शिक्षक सेवा आयोग, नेपाल प्रहरी, नेपाली सेना लगायतका पदहरुमा पहुँच पु¥याउन बाँसगढी एजुकेशन एण्ड रिसर्च सेन्टर प्रा.लि.ले सञ्चालन गरेको तयारी कक्षाले सहयोग पु¥याउने सहभागीहरुले जोड दिएका छन् ।

कार्यक्रममा प्रालिको तयारी कक्षामा सहभागि भई लोक सेवा आयोगमा नाम निकाल्न सफल रामचन्द्र भुषाललाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

प्रालिका युवराज श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा ५० बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । तयारी कक्षामा कमल प्रसाद पौडेल, कृष्ण प्रसाद पौडेल, रामचन्द्र भुषाल लगायत दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट प्रशिक्षण दिइने छ ।

प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक फणिन्द्र प्रसाद ढुंगानाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिका नगर प्रमुख सलिकराम अधिकारी, प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दियाका अध्यक्ष निराजन चापागाँई, नेपाल शिक्षक सँघ बर्दियाका अध्यक्ष नारायण प्रसाद शर्मा, एकिकृत शिक्षक संगठन बर्दियाका अध्यक्ष बलराम भुजेल लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २ गते बुधबार