मन्त्री बरालद्वारा नेपालगन्जका अस्पतालको निरीक्षण



नेपालगन्ज,३० वैशाख/  प्रदेश न ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आइतबार नेपालगन्जका विभिन्न अस्पतालको छड्के निरीक्षण गरेका छन् । मन्त्री वरालले बिरामीले लिएको सेवा सुविधाका बिषयमा जानकारी लिएका थिए । नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजको मन्त्री बरालले छड्के अनुगमन गरेका हुन् ।

छड्के अनुगमन गरेर प्रदेश मन्त्री सहितको टोलिले बिरामीले लिएको सेवा सुविधा तथा अस्पतालको अवस्था बारे जानकारी लिएका थिए । भेरी अञ्चल अस्पतालको अनुगमन पश्चात बोल्दै मन्त्री बरालले अस्पतालमा जनशक्ति कम भएको पाइएको बताए ।

अस्पतालमा दक्ष जनशक्तिको परिपुर्ती गर्नेमा आफुले ध्यान दिने उनले बताए । अस्पतालको समयअनुसार स्तरउन्नती गर्नेतर्फ सरकारले ध्यान समेत दिने मन्त्री बरालले प्रतिबद्वता जनाए ।

अहिले भएका स्रोत साधनको अधितम् प्रयोग गरेर बिरामीलाई राम्रो सेवा सुविधा प्रदान गर्न डाक्टरहरुलाई उनले निर्देशन समेत दिए ।

मेडिकल कलेजमा सेवा सुबिधाको बारेमा अस्पतालका प्रवन्धक निर्देशक डा. सुरेशकुमार कानोडिया, निर्देशक डा. एम किदुवाइ, सहायक निर्देशक डा. रोमन किदुवाइ सङ्ग सोधपुछ गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ३० गते आइतबार