रावन बिश्वकर्मा बर्दिया,३० वैशाख/ प्रथम उपराष्ट्रपति चिल्ड्रेन जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिताको लागि बाँसगढीमा खेलाडी छनोट गरिएको छ ।
बाँसगढी एकेडेमी पब्लीक स्कुलमा शनिबार भएको छनोट प्रतियोगिताबाट विभिन्न तोल समुहमा छात्र र छात्रा गरी ६ जना खेलाडीहरु छनोट गरिएको छ ।
छनोट प्रतियोगितामा प्रथम भएका ३३ केजी मुनि तर्फ चन्द्र बहादुर बुढाथोकी, ३७ केजी मुनि निर्मल पुनमगर, ४१ केजी मुनि सुरेश थारु, छात्रा तर्फ २९ केजी मुनि शुशिला पुनमगर, ३३ केजी मुनि सरला राजी, ३८ केजी मुनि सँञ्चिता रेग्मी प्रथम उपराष्ट्रपति चिल्ड्रेन जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिताको लागि छनोट गरिएको बर्दिया तेक्वान्दो संघका अध्यक्ष भुपेन्द्र पुनमगरले बताए ।
छनोट प्रतियोगितामा ३३ केजी मुनि छात्र द्धितियमा बिमल थापामगर, तृतियमा शिशिर हमाल र प्रविण थारु, ३७ केजी मुनि छात्र तर्फ द्धितिय बिपिन पुनमगर बिक्रम थापामगर तृतिय, ४१ केजी मुनि छात्र तर्फ हरि थापामगर द्धितिय र संजय श्रेष्ठ र रोशन चौधरी तृतिय भएका छन ।
प्रतियोगितामा छात्र तर्फ बिमल घर्तिमगर र छात्रा तर्फ संञ्चिता रेग्मी उत्कृष्ट खेलाडीको रुपमा छनोट भएका छन । छनोट प्रतियोगिताको निर्णायकको भुमिका रामप्रकाश थारु, लोकबहादुर पुनमगर, किरण खत्री, मनिषा योगी, विशेष थापामगर, नविन चौधरीले निर्भाह गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतियहुने खेलाडीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । बाँसगढी एकेडेमी पब्लिक स्कुलका प्रिन्सिपल श्रीधर पौडेलको प्रमुख आथित्यमा भएको छनोट प्रतियोगितामा बर्दिया जिल्ला तेक्वादो सँघका उपाध्यक्ष सिता चालिसे, कोषाध्यक्ष टिका खत्री, बर्दिया जिल्ला कराँते प्रशिक्षक जगतजंग शाह, तेक्वादो प्रशिक्षक भिम बहादुर थापा, रामजानकी माबि भैसासुरका प्रअ नारायण प्रसाद शर्मा, नेरा माबि लक्ष्मणपुरका खेल शिक्षक खिम बहादुर खड्का, हरिहर प्रसाद थारु अभिभावक लगायतको सहभागिता रहेको कुरा बर्दिया तेक्वान्दो सँघका अध्यक्ष भुपेन्द्र पुनमगरले जनाए ।








प्रतिक्रिया दिनुहोस्