सामाजिक परिक्षण सम्पन्न



कोहलपुर,२८ वैशाख/  नरैनापुर गाँउपालिका वडा नं. ५ मटेहियालाई यहि असार मसान्त भित्र पूर्ण खोप घोषणा गर्ने लगायतको ८ बुदे कार्ययोजना निर्माण गर्दै मटेहिया स्वास्थ्यचौकीको सामाजिक परिक्षण अन्तरगत आम भेला आज सम्पन्न भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथाबास नेपालगन्जको आयोजनामा मटेहियामा सम्पन्न परिक्षणबाट निर्माण गरिएको कार्ययोजनामा स्वास्थ्यचौकीमा प्रसुती गराउने आमाहरुले पाउने रकमनपाएकाले प्रसुतीको रकमतत्कालगाँउपालिका सँग मागगर्ने, वडा कार्यालयमा बालबालिकाहरुको जन्मदर्ता गराउदा पूर्ण खोप कार्य अनिवार्य गर्ने, मासिक रुपमा स्वास्थ्य जनचेतना अभिमुखिकरणका कार्यक्रम संचालनगर्ने, स्वास्थ्य स्वयम् सेवीकाहरुको ब्यवस्थापनका लागि वडा र गाँउपालिकालाई पत्राचार गर्ने, खोप केन्द्र र गाँउघर क्लिनीकलाई ब्यवस्थितगर्न आवश्यक सामाग्रीमागगर्ने र स्वास्थ्यचौकीमा तालिम हल निर्माणका लागि पहलगर्ने योजना निर्माण गरिएको छ ।

सामाजिक परिक्षण कार्यक्रममा बोल्दै स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष एबम् वडा अध्यक्ष कृष्ण चन्द्र मौर्यले स्वास्थ्य क्षेत्रलाई ब्यवस्थितगर्न हरदम तयार रहेको बताए । उनले कुनै पनि बालबालिका खोपबाट नछुटोस भन्ने उद्धेश्यले गाँउगाँउमा अभियान संचालनगर्ने बताए । उनले तयार गरिएका कार्ययोजनाहरु पुरा गर्न आवश्यक पहलगर्ने प्रतिबद्धता गरे ।

यसैगरी आज नै बाँकेको बिनौना स्वास्थ्यचौकीको सामाजिक परिक्षण अन्तरगतआम भेला सम्पन्नभएको छ । आम भेलाबाट स्वास्थ्यचौकीका लागि १० ओटा स्टेचर खरिद गर्ने, गर्भवतिजाँचलाई थपप्रभावकारी बनाउने, स्वाथ्यचौकीमाअनमीको अभावभएकाले नियुक्तिका लागि सिफारिस गर्ने साथै बर्थिङ सेन्टरकालागि एक जनाकार्यालय सहायक िनयुक्तिका लागि पहलगर्ने कार्ययोजनानिर्माण गरिएको छ ।

सामाजिक परिक्षक राधिका गिरीले सहजिकरण गरेको आम भेलामा स्वास्थ्य ब्यवस्थापन समितिअध्यक्ष कान्छा थारु, स्वास्थ्यचौकी ईन्चार्ज रामचन्द्र वलीलगायत ४५ बढीको सहभागिता रहेको थियो ।

यता बाँकेको बेलभार स्वास्थ्यचौकीमा सामाजिक परिक्षक बारे अन्तरक्रिया तथाअभिमुखिकरण सम्पन्नभएको छ । अभिमुखिकरणमा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्षचन्द्रीका प्रसाद गुप्ताले सामाजिक परिक्षण जस्ता कार्यक्रम स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा सामाजिक परिक्षण र यसका प्रक्रियाहरुको बारेमा बासका सामाजिक परिक्षक खुमेस सुबेदीले जानकारी गराएका थिए ।

स्वास्थ्य ब्यवस्थापन समिति, कर्मचारी, स्वयम् सेवीका गरी अभिमुखिकरणमा २५ जनाको सहभागिता रहेको थियो । अभिमुखिकरणको अन्तमा मन्जु तिवारीको संयोजकत्वमा सामाजिक परिक्षण स्थानिय सहयोग समुह गठन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २८ गते शुक्रबार