‘बाँके डान्स आइडल’को तयारी पूरा



कोहलपुर,२८ वैशाख/  कोहलपुरमा हुन गइरहेको पश्चिम नेपालकै सबैभन्दा ठूलो राशिको नृत्य प्रतियोगिता ‘बाँके डान्स आइडल’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतियोगिताको बारेमा जानकारी दिएको हो । कोहलपुर स्थित साईनिङ्ग स्टार माध्यमिक विद्यालयमा शनिबार छनौटका लागि सबै तयारी पुरा भएको नृत्य प्रतियोगिताका परिकल्पनाकार तथा नेपाल नृत्यकर्मी संघका उपाध्यक्ष दिपक श्रेष्ठले बताए ।

प्रतियोगिता छनौटका लागि भोली बिहान ८ बजे कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले औपचारिक रुपमा उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

निहारीका फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको उक्त नृत्य प्रतियोगिताले बाँकेको कला सांस्कृतिकलाई प्रोत्साहन गर्नलाई ठूलो सहयोग पुग्ने आयोजक दिपक श्रेष्ठले बताए ।

नृत्य प्रतियोगिताका लागि देशभरबाट सबै उमेर समुहका प्रतिस्पर्धीहरु सहभागी हुन सक्ने आयोजकले बजनाएकोे छ ।

उक्त नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ५० हजार, तृतिय हुनेलाई २५ हजार र प्रतियोगिताको १० स्थान सम्म आउने प्रतियोगीलाई म्यूजिक भिडियोमा खेल्ने मौका दिइने दिइने भएको छ । प्रतियोगिताका लागि देश भरबाट सहभागी रहने पनि आयोजकले बताएको हो ।

प्रतियोगिताको ६ वटा अडिसन नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र कोहलपुरबाट प्रत्यक्ष प्रसारण गरिने समेत आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २८ गते शुक्रबार