कोहलपुर,२८ वैशाख/ बाँकेको कोहलपुर नगरपालिकामा बिहिबारदेखि महिला सशक्तिकरण कार्यक्रम अन्र्तगत प्रतिवद्धता सडक नाटक प्रर्दशन गर्न सुरु गरिएको छ ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा १५ वटै वडाहरुको समन्वयमा दियालो परिवार कोहलपुरको प्रस्तुतिमा पर्दशन गरिएको सो सडक नाटकमा दियालो परिवार कोहलपुरका कलाकारहरुले बिहीबार कोहलपुर नगरपालिकाको वडा नं.१ र २ मा सडक नाटक प्रर्दशनको सुरुवात गरिएको दियालो परिवार कोहलपुरका उपाध्यक्ष तथा नाटक लेखक र निर्देशक सन्त कुमार विश्वकर्माले जानकारी दिए ।
महिलामाथि हुने हिसांको विरुद्धमा प्रर्दशन गरिएको सो नाटकमा दियालो परिवारका पुर्णिमा पौडेल, सिता विश्वकर्मा, ईन्द्र बाँठा, यमुना रसाइली, सुरेश गन्र्धव, अमर लामिछाने लगायतका कलाकारहरुले नाटक प्रर्दशन गरेका थिए ।
सो नाटक पश्चात महिला सशक्तिकरण अन्र्तगत १५ वटै वडाबाट सिफरिस भई आएका ३० जना महिलाहरुलाई महिला सशक्तिकरण सम्बन्धी ५ दिने तालिम सञ्चालन गरिने बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्