नेपालगन्ज,२७ वैशाख/ नेपाल पत्रकार महासंघ प्रदेश ५ का नवनिर्वाचित पदाधिकारी र सदस्यलाई बिहीबार नेपालगन्जमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बाँकेले संयुक्त रुपमा बधाई तथा स्वागत गरेको छ ।
नवनिर्वाचित महासचिव भेषराज बस्नेत, सचिव शुक्रऋषी चौलागाई र प्रदेश सदस्य शिव सुनारलाई संयुक्तरुपमा बधाई तथा स्वागत गरिएको हो ।
बधाई तथा स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले प्रदेश समितिमा महासचिव, सचिव र सदस्य निर्वाचित भएकाले पत्रकार महासंघमा बाँकेको भूमिका सशक्त हुने विश्वास लिएको बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य डिल्ली विसीले स्थानीय सरकारका रुपमा स्थापित स्थानीय तहले निर्माण गर्न लागेका सञ्चार नीति प्रेस स्वतन्त्रता मैत्री छन् की छैनन् भनेर पत्रकार महासंघले हेर्नुपर्नेमा जोड दिए ।
नवनिर्वाचित पत्रकार महासंघ प्रदेश ५ का महासचिव भेषराज बस्नेतले आफूहरुले बाँके जिल्लाको पत्रकारिताको विकासका लागि प्राथमिकता दिने प्रतिबद्धता जनाए ।
यस्तै महासंघका नवनिर्वाचित प्रदेश सचिव शुक्रऋषी चौलागाईले आगामी दिनमा पत्रकारिताको क्षेत्रमा बाँके जिल्लालाई बढि भन्दा बढि लाभ दिलाउनका लागि सशक्त भूमिका खेल्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले प्रदेश समिति र जिल्ला शाखाबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा नेपालगन्ज नगर विकास समितिका अध्यक्ष गोपाल पुन, प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विक, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल, प्रेस युनियनका बाँके सचिव अर्जुन ओली लगायतले आफ्नो भनाइ राखेका थिए ।








प्रतिक्रिया दिनुहोस्