राधापुरलाई साक्षर वडा घोषणा गरिने



बाँके खजूरा,२७ वैशाख/  खजूरा गाउँपालिका–१ राधापुरलाई साक्षर वडा घोषणा गरिने भएको छ ।

साक्षर वडा घोषणाका लागि बिहीबार राधापुरस्थित वडा कार्यालयमा भएको सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा यहि जेठ ११ गते साक्षर वडा घोषणा कार्यक्रम गरिने निर्णय भएको छ ।

खजूरा गाउँपालिकाको सहयोगमा समृद्धिका पाईला बाँके र राधापुर सामुदायिक अध्ययन केन्द्रले अभिमुखीकरण कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा खजूरा गाउँपालिकाका गाउँ जिल्ला शिक्षा अधिकारी विद्यालय निरीक्षक विश्वराज ढकाल र श्रोत व्यक्ति टंकनाथ दाहालले सहजिकरण गरेका थिए ।

कार्यक्रममा खजूरा गाउँपालिका कार्यपालिका सदस्य फत्तेकुमारी जैसीले स्वागत गर्दै साक्षर वडा घोषणाका लागि शुभकामना व्यक्त गरेकी थिइन् । यसैगरी वडा सदस्यहरु रामबहादुर शाही र दीपा विकले पूर्ण साक्षरता वडा घोषणाका लागि प्रतिवद्धता जनाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २७ गते बिहीबार