शिक्षाको क्षेत्रमा गुणस्तर बढाउन अनुुगमनको खाँचो



बर्दिया,२७ वैशाख /   सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र एफएचआई ३६० को सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बर्दियामा गठित सार्वजनिक तथा नीजि समुहको बैठक सम्पन्न भएको छ ।

सो बैठकका सहभागीहरुले सामुदायिक शिक्षाको गुुणस्तरमा जोड दिनु पर्ने बताएका छन् । बढैयाताल गाउँपालिका वडा नं.३ मा गठन भएको स्थानीय सभाका सचिव गंगाधर पराजुुलीले सामुदायिक विद्यालयको गुुणस्तर बढाउन विद्यालयहरुमा अनुुगमनलाई निरन्तरता दिनुपर्ने बताए ।

त्यसैगरि, कानुन व्यवसायी दिलिप कुमार सिहंले शिक्षा प्रभावकारी बनाउन सर्वप्रथम अभिभावक नै सचेत हुनु पर्ने बताए । गैर सरकारी महासंघ बर्दियाका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन स्थानीय तहमा नागरिक निगरानी समुह स्थापना गरी अनुगमन गर्नुपर्ने बताए । शिक्षा , स्वास्थ्य र कृषि सेवामा गुणस्तर ल्याउन नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताए ।

कमैया महिला जागरण समाज नेपालका कार्यक्रम निर्देशक मान बहादुुर डाँगीले अझै पनि विभिन्न वहानामा सामुुदायिक विद्यालयले शुल्क उठाएको बताए । बर्दिया जिल्लामा दानको नाममा पनि शुल्क उठाएको आफुसँग प्रमाण समेत भएको उनले बताए ।

जिल्ला समन्वय समितिका सूचना अधिकारी पार्वती पण्डितले स्थानीय तहमा नै अब सम्पूर्ण अधिकार गएकोले स्थानीय तहलाई उत्तरदायी र जवाफदेही बनाउनु पर्ने बताए ।

शिक्षा विकास तथा समन्वय ईकाइ बर्दिया प्राविधिक सहायक शेर बहादुर रोकाले बर्दियामा शिक्षकको दरबन्दीको कमीको कारण शिक्षामा गुणस्तर आउन नसकेको बताए । साथै उनले अभिभावकहरु सचेत भई आफनो विद्यालय र विद्यार्थीको उज्जवल भविष्यको लागि नागरिक समाज नै चनाखो हुनु पर्ने बताए ।

सो बैठकले बढैयाताल गाउँपालिका वढा नं ३ मा रहेका २ वटा विद्यालयमा शिक्षाको गुणस्तर बढाउन बृहत छलफल कार्यक्रमको गर्ने योजना समेत बनाएको छ ।

सार्वजनिक तथा नीजि समूहको बैठकको उद्धेश्य, प्रक्रिया र महत्वको बारेमा आईएच आसीका बर्दिया जिल्ला जवाफदेहिता सोम बहादुुर गुरुङले प्रष्ट पारेका थिए भने सो बैठकको सहजीकरण आईएच आरसीका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले गरेको थिए

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २७ गते बिहीबार