सामाजिक सद्भाव परियोजना सुरु



कोहलपुर,२६ वैशाख/  सामाजिक सद्भाव अभिवृृद्धि तथा सामुदायिक सुरक्षा सबलीकरणका लागि परियोजना सुरु भएको छ । युएनडिपिको सहयोग तथा बासको आयोजनामा सो परियोजना बाँकेको नरैनापुर गाउँपालिका र नेपालगञ्ज उप–महानगरपालिकामा सञ्चालन भएको हो ।

परियोजना अन्र्तगत राप्ती पारीको नरैनापुर गाउँपालिका अन्र्तगत रहेका विभिन्न वडाहरुमा गठित सामाजिक सद्भाव समितिलाई संस्थागत सहयोग गर्नुका साथै नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाहरुमा सामाजिक सद्भाव समिति गठन गरिनेछ ।

त्यसैगरि, गठित समितिका पदाधिकारीहरुलाई सामुदायिक एकता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, सुशासन बिषयक तालिम प्रदान गर्नुका साथै राप्तीपारीको मटेहियामा रहेको सामाजिक सद्भाव केन्द्रलाई संस्थागत रुपमा विकास गरिनेछ भने ७ महिनाको अवधिमा साँस्कृतिक उत्सव, सद्भाव चौतारी स्थापना, जनप्रतिनिधिहरुलाई सामाजिक सद्भावका बारेमा तालिम, सद्भावका लागि स्वयंसेव परिचालन, बालहिंसा, महिला हिँसा विरुद्ध सचेतना कार्यक्रम, सूचनाको हक तथा कानुनी व्यवस्थाबारे अभिमुखिकरण लगायतका क्रियाकलाप गरिनेछन् ।

परियोजना अन्र्तगत सोमबार नेपालगञ्जको वडानम्बर २० मनिकापुरमा वडाध्यक्ष कृष्ण बहादुर कार्कीको उपस्थितिमा जोगन्दर यादव संयोजकत्वमा सामाजिक सद्भाव समिति समेत गठन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २६ गते बुधबार