भैँसीपालन तालिम सम्पन्न



कोहलपुर,१४ वैशाख/    स्वाबलम्वन लघुवित्त वित्तिय संस्था साविकको (स्वाबलम्वन लघुवित्त वित्तिय विकास बैक लिं) रझेनाको आयोजनामा १ दिने भैसीपालन तालिम बुधबार कोहलपुरमा सम्पन्न भएको छ ।

संस्थामा आवद्ध कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका महिला समुहरुका सदस्यलाई दिइएको तालिममा भैसीको प्रजाति गोठ आहाराको विषयमा कोहलपुर नगरपालिका पशु शाखाका प्रमुख भिषण गजमेरले सहजीकरण गरेकाथिए ।

तालिमकी सहभागी वयोवृद्ध सेतु खड्काले उद्घाटन गरेको तालिममा सहभागीहरुले तालिमबाट निकै महत्वपुर्ण कुराहरु सिकेको बताए । समुहमा आवद्ध भएर भैसीपालन गरेका महिलाहरुको सिप र जानकारी प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका प्रमुख राजेन्द्र विश्वकर्माले जानकारी दिए ।

तालिममा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिममा संस्थाका सहायक प्रमुख देवराज मिश्र लगायत ३० जनाको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १४ गते शुक्रबार