1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

बाढी पुर्वसूचना प्रणालीले क्षति न्युनिकरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १३, २०७५  

नेपालगन्ज,१३ बैशाख/ बाढी पुर्वसुचना प्रणालीका कारण क्षति न्युनिकरणमा मद्धत पुगेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

????????????????????????????????????

नेपालगन्जमा विहिवारबाट सुरु भएको पुर्वानुमानमा आधारित बाढि पुुर्व तयारी कार्य सन्चालन विधिको समिक्षा र प्राविधिक तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसिले बाढिको पुर्वानुमान क्षति न्युनिकरणमा सहयोगी सिद्ध भएपनि थप सुधार हुन आवश्यक रहेको वताए ।

बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम आचार्यले गत वर्ष साउनमा आएको बाढिको बहाव ठुलो भएपनि मानविय क्षति पहिलेका वर्षभन्दा कम हुन पाउनुका पछाडि पुर्वसुचना प्रणालीको प्रभाव रहेको दाबि गरे ।

विश्व खाद्य कार्यक्रमको आर्थिक तथा प्राक्टिकल एक्सनको प्राविधिक सहयोगमा सुरु भएको तालिममा पुर्व सुचना प्रणाली र त्यसको उपयोगका वारेमा रेडक्रसकर्मी र उद्धारको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधीलाई अभिमुखिकरण गरिने छ ।

बाँके, बर्दिया, कैलाली, कन्चनपुर, दाङ र सुर्खेतका जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत एवं सम्बद्ध संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको तालिम शुक्रवार सकिनेछ ।

प्रकाशित मितिः बिहिबार, बैशाख १३, २०७५     9:38:10 PM  |